+

राष्ट्रिय लिगको खेलतालिकामा हेरफेर- मिति, समय र स्थान परिवर्तन

२०८२ पुष  २८ गते १३:२२ २०८२ पुष २८ गते १३:२२
राष्ट्रिय लिगको खेलतालिकामा हेरफेर- मिति, समय र स्थान परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलतालिकामा प्राविधिक कारणले मिति, स्थान र समयमा परिवर्तन गरेको छ।
  • राष्ट्रिय लिग फुटबल पुस ३० देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १७ टोलीको सहभागितामा सुरु हुनेछ।
  • माघ २५ देखि फागुन ९ र फागुन १६ देखि २३ सम्म रेस्ट डे राखिएको छ, र राष्ट्रिय लिग विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ।

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलतालिकामा हेरफेर भएको छ ।

एन्फाले प्राविधिक कारण भन्दै खेल हुने मिति देखि स्थान र समयमा परिवर्तन गरेको छ । यद्यपी यसअघि नै तय भए अनुसार राष्ट्रिय लिग पुस ३० देखि नै सुरु हुनेछ भने पहिलो खेलमा कांक्रेविहार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ ।

एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।

एन्फाले आउने माघ २८ गते झापामा वार्षिक साधारण सभा र अर्ली इलेक्सन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन, मोफसलको प्रतियोगिता र दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै माघ २५ देखि फागुन ९ गतेसम्म रेस्ट डे राखिएको छ । यस्तै निर्वाचनलाई मध्यनजर गर्दै फागुन १६ देखि २३ गतेसम्म पनि रेस्ट डे राखिएको छ ।

राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

परिमार्जित तालिका

 

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय