+
+
Shares

ललितपुरमा मध्यराति आगो ताप्दा दुई समूहबीच झडप, एक जनाको मृत्यु

ललितपुरमा मध्यराति आगो ताप्ने क्रममा विवाद हुँदा दुई समूहका युवाहरुबीच झडप भएको छ । झडपमा परेका एक व्यक्तिको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको सुन्धारामा मध्यराति आगो ताप्ने क्रममा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ।
  • मृत्यु हुने व्यक्ति सिन्धुली घर भएका २५ वर्षीय विजय राई हुन्, जसलाई बिहान ९ बजेसम्म उठाइएको थिएन।
  • प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण यकिन नभएको बताएको छ।

२८ पुस, काठमाडौं । ललितपुरमा मध्यराति आगो ताप्ने क्रममा विवाद हुँदा दुई समूहका युवाहरुबीच झडप भएको छ । झडपमा परेका एक व्यक्तिको मृत्यु भएको छ ।

घटना शनिबार रातिको हो । ललितपुरको सुन्धारामा राति आगो बालेर तीन युवाको समूह आगो ताप्दै थियो । सोही क्रममा अर्को तीन जनाको समूह पनि आगो ताप्ने त्यहाँ मिसिएको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच आगो ताप्ने क्रममा झडप भयो । त्यसपछि दुबै समूह आ–आफ्नो बाटो लागे । उनीहरु आफ्नो कोठामा गएर सुते । यसरी सुत्ने मध्येका सिन्धुली घर भएका २५ वर्षीय विजय राई भने आइतबार बिहान ९ बजेसम्म उठेनन् । अचेत अवस्थामा रहेका उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

राति झडपमा संलग्न हुनु र बिहान मृत फेला पर्नेले झडपकै मुख्य कारण रहेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले मृत्युका कारण अहिले नै यकिन नभएको प्रहरीले बताएको छ ।

झडपमा संलग्न दुबै पक्षका युवाहरु ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु रहेको प्रहरीले बताएको छ ।

दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसएसपी बोगटीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?