+
+
Shares

जेनजी अगुवाहरूलाई हर्क साम्पाङले भने– माटो चिह्नमा लड्नुस्, हामी उम्मेदवार बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग काउन्सिल अफ जेनजीका १४ जिल्लाका अगुवाहरूले आगामी चुनाव केन्द्रित छलफल गरेका छन्।
  • जेनजीले सरकारसँगको १० बुँदे सहमतिलाई साम्पाङको घोषणापत्रमा समेट्ने प्रस्ताव राख्दा साम्पाङले देशकै मुद्दा बोकेको जवाफ दिएका थिए।
  • साम्पाङले कसैसँग गठबन्धन नगर्ने अडान लिएर माटो चिह्न लिएर उम्मेदवार बन्न आग्रह गरेका छन्।

२८ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग जेनजी अगुवाहरूले आगामी चुनाव केन्द्रित छलफल गरेका छन् । काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ सहित १४ जिल्लाका अगुवाहरूले साम्पाङलाई भेटेका थिए ।

भेटका क्रममा जेनजीसँग सरकारले गरेको १० बुँदे सहमतिबारे साम्पाङको धारणा सोधिएको थियो । ‘सरकारसँग भएको सहमतिलाई तपाईंको घोषणापत्रले कसरी समेट्छ ? यदि समेट्छ भने हाम्रो समर्थन तपाईंलाई हुन सक्छ भन्ने कुरा राखेका थियौं,’ चाम्लिङले भने ।

श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा होमिएका साम्पाङले भने आफूले देशकै मुद्दा बोकिरहेको जवाफ दिएका थिए । ‘म देशकै मुद्दा बोकेर हिँडिरहेको छु, तपाईंहरूको मुद्दा त्यसैमा पर्छ,’ साम्पाङले भनेका थिए ।

जेनजी आन्दोलनकै बेला पनि आफू सडकमा निस्किएर सही निकास दिने विकल्पमा उभिएको तर्क मेयर साम्पाङले गरेका थिए । ‘देशलाई आपत गर्दा कतिपय मान्छे लुकेर बसेका थिए, त्यसबेला म सडकमा आएर संकट सम्हाल्न खोजेको मान्छे हुँ,’ उनले भनेका थिए ।

जेनजी प्रतिनिधिहरूले नयाँ शक्तिहरूसँगको सहकार्यबारे पनि प्रस्ताव राखेका थिए । ‘देशव्यापी नभए पनि क्षेत्रीय रुपमा नयाँहरूसँग तपाईंले सहकार्य गर्नुस् भन्ने हाम्रो प्रस्ताव थियो,’ चाम्लिङले भने ।

यो प्रस्तावमा पनि हर्क साम्पाङ सहमत भएनन् । उनले कसैसँग पनि गठबन्धन नगर्ने अडान लिए ।

‘कसैसँग गठबन्धन हुने कुरा हुँदैन । तपाईंहरू को को कताकता गइरहनुभएको छ । माटो चिह्न लिएर लडिदिनुस्, हामी उठाउँछौं,’ साम्पाङले भने । माटो चिह्न लिएर उम्मेदवार बन्न सक्ने सम्भावना भएकाले जेनजीहरू अरूतिर नदौडिन पनि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?