+
+
Shares

सुमन सायमी नेकपामा समाहित हुँदै

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते ११:१३

२९ पुस, काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।

सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए । ‘भोलि एकता हुँदैछ’ सायमीले अनलाइनखबरसँग भने । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागे ।

२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि लडे । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।

पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।

५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?