News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक जोडी आशिष अविरल र सुशीला पाठकले नयाँ सन्तानको स्वागतको तयारीमा सामाजिक सञ्जालमार्फत 'बेबी बम्प' फोटो सेयर गरी जानकारी दिएका छन्।
- अमेरिकाबाट केही दिनअघि फर्किएका आशिषले श्रीमतीको 'बेबी बम्प' देखाउँदै मायालु फोटो खिचेका छन् भने सुशीलाले 'बेबी लोडिङ, लभ ग्रोइङ, ब्लेसिङ मल्टिप्लाइङ' लेखेकी छन्।
- आशिषले अमेरिकाबाट हिट गीत कम्पोज गर्दै आएका थिए भने सुशीलाले पनि हिट गीतमा स्वर दिइरहेकी छन्।
काठमाडौं । सांगीतिक जोडी आशिष अविरल र सुशीला पाठक नयाँ सन्तानको स्वागतको तयारीमा जुटेका छन् । दुबैजनाले सामाजिक सञ्जालमार्फत ‘बेबी बम्प’ को आकर्षक फोटो सेयर गर्दै फ्यानलाई यसबारे जानकारी दिएका छन् ।
केही दिनअघि अमेरिकाबाट नेपाल फर्किएका अविरलले श्रीमतीको ‘बेबी बम्प’ देखाउँदै मायालु फोटो खिचाएका छन् । गायिका पाठकले फेसबुकमा लेखेकी छिन्, ‘बेबी लोडिङ, लभ ग्रोइङ, ब्लेसिङ मल्टिप्लाइङ ।’
उक्त क्याप्सनसँगै सुशीलाले श्रीमानसँगको ‘रोमान्टिक प्रेगनेन्सी’ फोटोसुट सेयर गरेकी छन् । ग्रीनकार्ड लिएका आशिष केही महिनादेखि अमेरिकातिर बस्दै आएका छन् । गतसाता उनी नेपाल फर्किएका हुन् ।
आशिषले पछिल्लो समय अमेरिकाबाटै केही हिट गीतको कम्पोज गर्दै आएका थिए भने त्यहाँ पनि प्रस्तुति दिँदै आएका थिए । सुशीलाले पनि हिट गीतमा स्वर दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4