News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस फुटबल लिग कपको सेमिफाइनल पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ।
- म्यान्चेस्टर सिटीका एन्टोइन सेमेन्योले ५३औं र रायन चेर्कीले इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए।
- सेमिफाइनल दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ भने आर्सनल र चेल्सीबीचको पहिलो लेग आज मध्यराति हुँदैछ।
३० पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ ।
सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चेर्कीले १-१ गोल गरे । सेमेन्योले ५३औं मिनेटमा गोल गरेका थिए भने चेर्कीले लामो समय चलेको इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए ।
यी दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ ।
आर्सनल र चेल्सीबीचको दोस्रो सेमिफाइनलको पहिलो लेग आज मध्यराति हुँदैछ ।
प्रतिक्रिया 4