+
+
Shares

९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ९:३३

३० पुस, जनकपुरधाम । नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर चुनौतीको चरणमा प्रवेश गरेको निष्कर्ष निकालेको छ ।

सम्मेलनबाट जारी घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता पालनामा कडाइ तथा सञ्चारमाध्यम सञ्चालनमा देखिएका संरचनागत समस्या समाधानका लागि महासंघ केन्द्र र प्रदेश समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाइएको छ । स्थानीय सञ्चारमाध्यमलाई दिगो बनाउन सरकारी विज्ञापन एकद्वार प्रणालीमार्फत वितरण गर्न दबाब सिर्जना गरिने उल्लेख छ ।

घोषणापत्रमा बदलिँदो सञ्चार परिवेशअनुसार पत्रकारहरूलाई सबल, जिम्मेवार र प्रभावकारी बनाउन तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको घोषणापत्रमा सरकारसँग सञ्चारमाध्यमलाई उद्योगको रूपमा मान्यता दिन माग गरिएको छ । साथै ‘प्रेस’ शब्दको दुरुपयोग रोक्न कानुनी तथा नीतिगत पहल गरिने उल्लेख छ ।

युट्युब लगायतका विद्युतीय सञ्चारमाध्यमलाई अवसरका रूपमा ग्रहण गर्दै तिनको व्यवस्थित, मर्यादित र जिम्मेवार सञ्चालनका लागि आवश्यक पहल गरिने घोषणापत्रमा समेटिएको छ । सम्मेलनले पत्रकारिता क्षेत्रमा आजीवन योगदान पु¥याएका महासंघका पूर्व सभापति स्वर्गीय होमनाथ दहालसहित दिवंगत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

महासंघ मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बञ्जाराको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा विशिष्ट अतिथिको रुपमा महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल र कोषाध्यक्ष रामकृष्ण अधिकारी रहका थिए ।

सम्मेलनमा मधेशका विभिन्न जिल्लाबाट शाखा पदाधिकारीहरूले राखेका साझा समस्या र चुनौतीहरू घोषणापत्रमार्फत सम्बोधन गरिएको महासचिव क्रान्तिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?