News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकको २५औं वार्षिक साधारणसभा ३० पुस, काठमाडौंमा सम्पन्न भएको छ।
- सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गरेको छ।
- कुमारी बैंकले देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ।
३० पुस, काठमाडौं । कुमारी बैंकको पच्चीसौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4