News Summary
Generated by OK AI. Editorially reviewed.- चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
- श्री भगवतीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा चर्च ब्वाइजले गोल फर्काएको हो ।
- पहिलो खेलमा फ्रेण्ड्सले कांक्रेविहारलाई हराएर ३ अंक जोडेको छ ।
३० पुस, काठमाडौं । कप्तान एरिक विष्टले दोस्रो हाफमा गरेको गोल मदतमा चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको राष्ट्रिय लिगको दोस्रो खेलमा पछिल्लो पटक भएको ए डिभिजन लिगको विजेता चर्च ब्वाइजले सुरुवातमा पछि परेर पनि पुनरागमन गरेको हो ।
हरिहर बुढामगरले ४५औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएका थिए । चर्च ब्वाइजका लागि एरिकले ५६औं मिनेटमा बराबरी गोल फर्काए ।
बराबरीपछि दुवैले १-१ अंक बाँडेको छ ।
बुधबारै भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले कांक्रेविहारलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय लिग अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच बिहान ११ बजे खेल हुनेछ । यस्तै दोस्रो खेल लालिगुराँस एसोसिएसन र जावलाखेल युथ क्लबबीच दिउँसो ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रतिक्रिया 4