News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन शंकर खनालको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।
- विद्यार्थीले बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै कुर्सी, टेबल र गमाला फुटाएका डिन कार्यालयका कर्मचारीले बताए।
- प्रहरी टोली पुगे पनि तोडफोडमा संलग्नहरू पक्राउन नसकिएको र सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा हुन नसक्ने डिन कार्यालयले जनाएको छ।
३० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ ।
डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा तोडफोड भएको हो । खनालको कार्यकक्षमा रहेको कुर्सी, टेबल र गमाला फुटाइएको एक कर्मचारीले जानकारी दिए ।
‘विद्यार्थीको एउटा समूह आएर तोडफोड गरेको हो,’ ती कर्मचारीले भने ।
बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै विद्यार्थीले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ ।
‘पुन प्रवेश परीक्षा हुनुपर्यो भनेर अस्कलबाट विद्यार्थी आएका थिए । कोही अस्कालमा स्ववियुका पनि थिए,’ ती कर्मचारीले भने, ‘उनीहरूको नाम भने थाहा भएन ।’
तोडफोड भएपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरीको टोली पुगेको थियो । तर तोडफोडमा संलग्नहरू पक्राउन भएका छैनन् । सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा हुन नसक्ने डिन कार्यालयको भनाइ छ ।
प्रतिक्रिया 4