News Summary
Generated by OK AI. Editorially reviewed.- इंगिलस फुटबल लिगको सेमिफाइनल पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ।
- चेल्सीको घरेलु मैदानमा बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले आर्सनलका लागि गोल गरे।
- म्यानचेष्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ।
१ माघ, काठमाडौं । इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक-एक गोल गरे ।
चेल्सीका लागि अलेजान्द्र गार्नाचोले दुई गोल गरेपनि हार टार्न पर्याप्त भएन ।
अब आर्सनल र चेल्सीबीचको दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको घरेलु मैदानमा हुनेछ ।
अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ ।
प्रतिक्रिया 4