+
+
Shares

शाहरुख खानको ‘किङ’ बन्यो सन् २०२६ को बहुप्रतीक्षित भारतीय फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ, जसमा शाहरुख खान स्टारर ‘किङ’ शीर्षस्थानमा छ।
  • सूचीमा पाँच भाषाका १० हिन्दी, पाँच तेलुगु, तीन तमिल, एक-एक मलयालम र कन्नड भाषाका फिल्म समावेश छन्।
  • ‘किङ’ पछि ‘रामायण : पहिलो अध्याय’, ‘जन नायगन’, ‘स्प्रिट’, ‘टक्सिक’ लगायत फिल्म सूचीमा छन्, जसमा चर्चित स्टारहरू देखिनेछन्।

काठमाडौं । आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ ।

वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ ।

सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, त्यसपछि पाँच तेलुगु, तीन तमिल, मलयालम र कन्नड भाषाका फिल्म एक-एक छन् ।

फिल्म ‘किङ’ मार्फत शाहरुख र ‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको पुनः सहकार्य हुँदैछ, जुन शाहरुखको करिब तीन वर्षयता हलमा रिलिज हुने पहिलो फिल्म हुनेछ । फिल्मको यो शीर्ष र्‍याङ्किङले ठूलो पर्दामा फर्किने शाहरुखको तयारीलाई लिएर फ्यानको तीव्र उत्सुकतालाई दर्शाउँछ ।

सूचीमा ‘किङ’ पछाडि नितेश तिवारी निर्देशन र रणवीर कपुर– यश स्टारर पौराणिक महाकाव्य ‘रामायण : पहिलो अध्याय’, साउथ स्टार विजयको अन्तिम फिल्म भनिएको ‘जन नायगन’, सन्दीप रेड्डी भांगा निर्देशित र प्रभास स्टारर ‘स्प्रिट’, यश अभिनित र गीतु मोहनदास निर्देशित ‘टक्सिक’ छन् ।

सूचीमा रहेका प्रशस्तै फिल्ममा चर्चित स्टार देखिनेछन् । ‘टक्सिक’ र ‘प्याट्रिअट’ दुबैमा साउथ अभिनेत्री नयनतारा देखिनेछिन्, जुन फिल्ममा ममुट्टी र मोहनलाल पनि देखिनेछन् । यश ‘रामायण भाग १’ र ‘टक्सिक’ दुबैमा देखिनेछन् ।

सनी देओल “रामायण भाग १’ र “बोर्डर २’ मा अभिनय हुनेछन् । प्रभासले “स्पिरिट’ र “फौजी’ मा अभिनय गरेका छन् । रणवीर कपूर “रामायण भाग १’ र संजयलीला भन्सालीको “लभ एण्ड वार’ मा देखा पर्नेछन्, जसमा आलिया भट्ट पनि छन् ।

भट्टले यशराज फिल्म्सको स्पाइ युनिभर्सको श्रृंखला “अल्फा’ मा पनि अभिनय गरेकी छन् । तृप्ती डिमरीले “स्पिरिट’ र “ओ रोमियो’ मा भूमिका निर्वाह गरेकी छन् । सूचीमा ‘धुरन्धर २’, यशराज फिल्म्सको जासूस ब्रम्हाण्डको फिल्म ‘अल्फा’, लोकेश सिनेम्याटिक युनिभर्सको ‘बेन्ज’, म्याडक हरर कमेडी युनिभर्सको ‘शक्ति शालिनी’ पनि सूचीमा छन् ।

शीर्ष २० मा सलमान खानको ‘ब्याटल अफ गलवान’, प्रदीप रंगनाथको ‘एलआईके : लभ इन्स्योरेन्स कम्पनी’, नानीको ‘द प्याराडाइज’, राम चरणको ‘पेड्डी’, जुनियर एनटीआरको ‘ड्रागन’, अक्षय कुमारको ‘भूत बंगला’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?