+
+
Shares
हलिउड :

सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक, शीर्षमा ‘सुपर म्यान’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइएमडीबीले सन् २०२५ का शीर्ष १० लोकप्रिय हलिउड फिल्मको सूची सार्वजनिक गरेको छ।
  • सूचीको शीर्षस्थानमा जेम्स गन निर्देशित फिल्म 'सुपरम्यान' रहेको छ।
  • सन् २०२५ का लोकप्रिय अंग्रेजी सिरिजको सूचीमा एचबीओ श्रृंखला 'द ह्वाइट लोटस' शीर्ष स्थानमा छ।

काठमाडौं । सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक भएको छ । आइएमडीबीले बुधबार शीर्ष १० सूची सार्वजनिक गरेको हो ।

सूचीको शीर्षस्थानमा जेम्स गन निर्देशित फिल्म ‘सुपरम्यान’ छ । समीक्षकले समेत रुचाएको डीसी स्टुडियोको यो फिल्मले बक्सअफिसमा समेत उत्कृष्ट कमाइ गर्न सक्यो ।

विश्वभरबाट आफ्नो पृष्ठ भिजिट गर्ने २५० मिलियन व्यक्तिको सर्चको आधारमा लोकप्रिय सूची सार्वजनिक गर्ने गरिएको आइएमडीबीले जनाएको छ ।

यसैबीच, सन् २०२५ का लोकप्रिय अंग्रेजी सिरिजको सूची पनि सार्वजनिक भएको छ । जसको शीर्षस्थानमा एचबीओ श्रृंखला ‘द ह्वाइट लोटस’ छ ।

सूचीमा कुन कुन फिल्म छन् ?

१) सुपरम्यान

२) विपोन्स

३) सिन्नर्स

४) वन ब्याटल आफ्टर एनदर

५) जुरासिक वर्ल्ड रिबर्थ

६) फ्रान्केस्टाइन

७) ह्याप्पी गिलमोर २

८) थन्डरबोल्ट्स

९) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ

१०) एफ वन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?