
News Summary
Generated by OK AI. Editorially reviewed.- जेम्स गन निर्देशित डीसी ब्रम्हाण्डको फिल्म ‘सुपरम्यान’ले पहिलो सप्ताहन्तमा विश्व बक्सअफिसमा २१० देखि २१५ मिलियन डलर कमाउने प्रक्षेपण छ।
- उत्तर अमेरिकामा यसले ५६.५ मिलियन डलर ओपनिङ गरेको छ, जुन सन् २०२५ को दोस्रो ठूलो ओपनिङ हो।
- निर्देशक गनले ‘गार्जियन्स अफ द ग्यालेक्सी’ निर्देशन गरिसकेका छन् र डेभिड कर्नस्वेटले सुपरहिरो पात्र निभाएका छन्।
काठमाडौं । जेम्स गन निर्देशित डीसी ब्रम्हाण्डको हलिउड सुपरहिरो फिल्म ‘सुपरम्यान’को पछिल्लो श्रृंखलाले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।
यो फिल्मले शुक्रबारदेखि आइतबारसम्म विश्वभर २१० देखि २१५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण छ । जसमध्ये ११५-१२२ मिलियन डलर उत्तर अमेरिका र ९०-९५ मिलियन डलर अन्तर्राष्ट्रिय बजारमा कमाइ हुने अनुमान छ ।
शुक्रबार मात्रै उत्तर अमेरिकामा यसले ५६.५ मिलियन डलर ओपनिङ गरेको छ । यो ओपनिङ सन् २०२५ को दोस्रो ठूलो ओपनिङ हो । यसैवर्ष रिलिज भएको ‘अ माइनक्राफ्ट मूभी’ले ५७.११ मिलियन डलरको ओपनिङ गरेको थियो ।
‘सुपरम्यान’को यो ओपनिङ सन् २०२४ मा रिलिज भएको ‘डेडपुल एन्ड वुल्भरिन’ पछिको सबैभन्दा ठूलो सुपरहिरो ओपनिङ हो । सन् २०१७ मा रिलिज भएको डीसीको फिल्म ‘वन्डर वुमन’ पछि डीसी स्टुडियोको बलियो ओपनिङ हो ।
निर्विवाद के हो भने, ‘सुपरम्यान’ यसवर्षको अहिलेसम्म सबैभन्दा उच्च ओपनिङ गर्ने सुपरहिरो फिल्म बनेको छ । यो फिल्मले व्यवसायिक मात्र होइन, समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।
निर्देशक गनले यसअघि ‘गार्जियन्स अफ द ग्यालेक्सी’बाट ३ संस्करणलाई निर्देशन गरिसकेका छन् । यस फिल्ममा डेभिड कर्नस्वेटले सुपरहिरो पात्रको रुपमा अभिनय गरेका छन् ।
यो फिल्म अहिले नेपालमा समेत प्रदर्शन भैरहेको छ ।
प्रतिक्रिया 4