+
+
Shares

गगन नेतृत्वको कांग्रेस : समानुपातिक सूची र हस्ताक्षर संशोधन गर्ने निर्णय

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिक बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ।
  • केन्द्रीय समितिको पहिलो बैठकले शेरबहादुर दर्उवाको हस्ताक्षरको सट्टा गगन थापाको हस्ताक्षर कायम गर्ने निर्णय गरेको छ।
  • सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरूले निर्वाचन आयोगमा संशोधित बन्दसूची बुझाएका छन्।

१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ ।

बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

यसअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीमा शेरबहादुर देउवाको हस्ताक्षर रहेको थियो । अब थापाको हस्ताक्षर कायम हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?