+
+
Shares

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल

एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन्।
  • पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएको भन्दै विखण्डनले राष्ट्र कमजोर बनाउने उल्लेख गरे।
  • उनले नेकपा एमालेले १६५ सिटमा उम्मेदवारी दिने र जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्ने बताए।

१ माघ, देउखुरी (दाङ) । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य रहेको बताएका हुन् ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, ‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’ लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए ।

उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?