News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा माल्दिभ्समाथि ५-० को फराकिलो जित हात पारेको छ ।
- नेपालले बैंककको हुवा माक रंगशालामा भएको खेलमा जेनिफर रानामगरले दुई गोल गरे ।
- बिमला चौधरी, मनिषा थापामगरले एक-एक गोल गरे भने माल्दिभ्सले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।
काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित हात पारेको छ ।
नेपाली राष्ट्रिय महिफा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो ।
थाइल्याण्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे ।
माल्दिभ्सकले एक गोल आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र थप्न सक्यो ।
तस्बीर : साफ
प्रतिक्रिया 4