News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सो भाउ तोकेको हो र अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो।
- चाँदीको भाउ पनि १६० रुपैयाँ बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ।
२ माघ, काठमाडौं । अघिल्लो दिन घटेको सुनचाँदी भाउ शुक्रबार फेरि बढेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा १६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4