+

कुशल भुर्तेलसँग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम हुने

२०८२ माघ  २ गते १२:१० २०८२ माघ २ गते १२:१०
कुशल भुर्तेलसँग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलसँग केटीएम कन्सल्टिङ ग्रुपले माघ ३ गते ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गर्ने भएको छ।
  • कार्यक्रम काठमाडौंको डिल्लीबजारस्थित कन्सल्टेन्सी कार्यालयमा निःशुल्क आयोजना हुनेछ र विद्यार्थी, अभिभावक तथा क्रिकेटप्रेमीलाई लक्षित गरिएको छ।
  • केटीएम कन्सल्टिङ ग्रुपले फ्यानहरूलाई आकर्षक उपहार दिने र २० जना विजेताको नाम कार्यक्रमकै दिन घोषणा गर्ने जनाएको छ।

२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलसँग केटीएम कन्सल्टिङ ग्रुपले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

केटीएम कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बेसडरसमेत रहेका भुर्तेल टी-२० विश्वकप खेल्न जानुअघि माघ ३ गते ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुने भएका हुन् ।

उक्त कार्यक्रम काठमाडौंको डिल्लीबजारस्थित कन्सल्टेन्सीको कार्यालयमा आयोजना हुने केटीएम कन्सल्टिङ ग्रुपले जनाएको छ ।

विद्यार्थी, अभिभावक तथा क्रिकेटप्रेमी फ्यानहरूलाई भेटघाट गर्ने अवसरको रुपमा उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

विद्यार्थीहरुले क्रिकेट र खेलकुदको बारेमा जानकारी पाउने आयोजकको विश्वास छ ।

पूर्ण रूपमा निःशुल्क रहेको उक्त कार्यक्रममा फ्यानहरूलाई लक्षित गरी आकर्षक उपहारको व्यवस्था गरिएको छ । सहभागीमध्ये २० जना भाग्यशाली विजेताको नाम कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीलाई मनोबल बढाउनुका साथै विद्यार्थी र अभिभावकहरूलाई प्रेरित गर्नु रहेको केटीएम कन्सल्टिङ ग्रुपले जनाएको छ ।

कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय