+
+
Shares

मिस नेपालले थालिन् ‘ब्यूटी विथ पर्पस’ को तयारी : फलेवासमा दुना टपरीको फ्याक्ट्री बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १३:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्ड २०२६ को तयारी अन्तर्गत पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन्।
  • फलेवासको खानी गाउँस्थित वडा ५ मा दुना टपरी उत्पादन कारखाना निर्माण भइरहेको छ र स्थानीय महिलालाई मेसिन र औजार प्रदान गरिनेछ।
  • स्थानीय विद्यालयमा ९० लाख मूल्यको स्याटेलाइट टेलिमेडिसिन राखिने र पुस्तकालय तथा शौचालय निर्माणको योजना छ, जसको लागि ५५ लाख लागत लाग्ने बताइएको छ।

काठमाडौं । मिस नेपाल लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारी तीव्ररुपमा अघि बढाइरहेकी छन् । यो मेसोमा महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ को काम पनि सुरु भएको छ ।

सो विधाको लागि लुनाले पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन् । फलेवासको खानी गाउँस्थित वडा ५ मा यो प्रोजेक्टअनुसार दुना टपरीको उत्पादन कारखाना निर्माण सुरु भएको छ ।

स्थानीय महिलाको उद्यमशिलतामा सघाउन यो फ्याक्ट्रीले सहयोग गर्ने आशा उनको छ । साथै, ती महिलालाई दुना टपरी बनाउने औजार र मेसिन पनि प्रदान गरिने भएको छ ।

स्थानीय जनता आधारभूत विद्यालयमा ९० लाख मूल्य पर्ने टेलिमेडिसिन राखिने भएको छ । एनसेलको स्याटेलाइट टेलिमेडिसिन प्रोजेक्टअन्तर्गत यो दूर चिकित्सा मेसिन राख्न लागिएको हो । धुलिखेल अस्पतालको सपोर्ट क्लिनिक रहेको उक्त थलोबाट स्थानीयले दूर चिकित्सा सेवा लिन सक्ने बताइएको छ ।

उक्त विद्यालयमा पुस्तकालय निर्माणदेखि एक शौचालय बनाउने योजना पनि छ । यो प्रोजेक्टको लागि ५५ लाख लागत लाग्ने मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरलाई बताए ।

अहिले परियोजनाको लागि आर्थिक संकलन भैरहेको मिस नेपाल लुनाले जानकारी दिइन् । लुनाले यसबाहेक मिस वर्ल्डका अन्य विधाको पनि तयारी गरिरहेकी छन् ।

नेपाल ‘ब्यूट विथ पर्पस’ को दाबेदार मुलुक हो । यो विधामा उत्कृष्ट हुन सके सीधै सेमिफाइनलमा प्रवेश गर्ने मौका हुनेछ । मिस वर्ल्ड २०२६ को आयोजना स्थल र मिति भने तय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?