+
+
Shares

२१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १४:४२
फाइल तस्वीर

२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आफूले टिकट बाँड्न सुरु गरिसकेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले आफ्नो दलको तर्फबाट हिजोदेखि नै टिकट बाँड्न सुरु गरेको बताए ।

चुनाव हुँदैन कि भन्ने शंका मनमा ल्याउनुभन्दा चुनावको तयारीमा अगाडि बढ्न उनले सबैसँग आग्रह गरे ।

उनले भने, ‘मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि अब विस्तारै चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईंहरू सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु । चुनाव हुन्छ । चुनाव हुनै पर्छ । अर्को कुनै विकल्प यो देशका लागि अहिले छैन । अर्को विकल्प असहज र अर्को दुर्घटना निम्त्याउने कार्य बन्न पनि सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?