+
+
Shares

शेरबहादुर देउवाबारे गगन-विश्वले झुट बोले : पूर्णबहादुर खड्का

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १४:५५

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले पार्टी विखण्डन रोक्न नसकिएको बताएका हुन् ।

उनले विशेष महाधिवेशनको औचित्य नियमित महाधिवेशनको तालिका आएलगत्तै सकिएको निष्कर्ष तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भएको बैठकले नै निकालेको बताए ।

प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको, राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा गम्भीर अवस्था आएको खड्काको भनाइ छ ।

‘यही बीचमा विशेष महाधिवेशनको भेलाको नाममा काम अघि बढाएको जानकारी पाइयो । विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो- जनताले पार्टीलाई गरिएको विश्वास र भरोसा टुट्छ भनियो,’उनले भने, ‘उहाँहरूले (गगन-विश्व)ले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो । सभापतिले समेत बोलाएर छलफल गर्नु भयो । तपाईंहरूकै निर्णयले मेरो सही चल्यो । राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ । प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ । अहिले प्रत्यक्षको बेला आएको छ । टिकटमा हस्ताक्षर तपाईंले जसलाई भन्नुहुन्छ उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भन्नु भएको हो । ३० गते बिहान ।’

उनले पार्टीको अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिइएको प्रति आपत्ति जनाए । उनले भने, ‘उहाँहरूले जेजे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नु भयो त्यो सारा कुरा झुटा हुन्, गलत हुन् । विशेष बोलाउने अधिकार उहाँहरूलाई विधानले दिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?