News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको आधिकारिकता विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगसँग छ र गगन थापा नेतृत्वको समूहले आयोगमा धर्ना दिइरहेका छन्।
- शेरबहादुर देउवा नेतृत्वका नेताहरू पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोगमा गएर कांग्रेसको आधिकारिकता दाबी गर्ने तयारीमा छन्।
- थापा नेतृत्वको समूहले पार्टीको विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको जानकारी आयोगलाई दिइसकेको छ।
२ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद निरुपणको अधिकार निर्वाचन आयोगलाई छ । सोहीकारण अहिले निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेसका नेताहरूले धर्ना दिइरहेका छन् ।
उता पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आधिकारिकता दाबीबारे बोलेका शेरबहादुर देउवा नेतृत्वका नेताहरू फेरि निर्वाचन आयोग जाने भएका छन् । पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू आयोग जान लागेका हुन् ।
आज बिहानमात्रै पनि खड्कासहित नेताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर शेरबहादुर देउवाको नेतृत्वमा रको कांग्रेस नै आधिकारिक भएको बताएका थिए ।
त्यस्तै थापा नेतृत्वक कांग्रेसले बिहीबार नै आयोग पुगेर पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ कार्यसमिति चयन भएकोले विवरण अध्यावधिक गर्न निवेदन दिएको थियो ।
प्रतिक्रिया 4