+

हिमालयन च्यालेन्जर्स : आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

२०८२ माघ  २ गते २०:३८ २०८२ माघ २ गते २०:३८
हिमालयन च्यालेन्जर्स : आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै शीर्षस्थानमा रहेका छन्।
  • प्रतियोगितामा २८ स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागी छन् र माघ ४ गतेसम्म सञ्चालन हुनेछ।
  • हिमालयन चेस एकेडेमीले २०८० साल चैत १ गते उद्घाटन भएर थापाथली र भक्तपुरमा ६ कोर्समा करिब २ सयलाई प्रशिक्षण दिइसकेको छ।

२ माघ, काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको छैटौं दिन शुक्रबार आशिर्वाद थापा र सजल न्यौपानेले बराबरी खेल्दा शीर्षस्थानका अभिक शाहलाई प्रत्यक्ष फाइदा पुगेको छ । अभिकले लगातार छैटौं जित हासिल गर्दै पाँच अंकको अग्रता लिएका छन् ।

प्रतियोगितामा १६९७ रेटेड सजल दोस्रो वरीयताका खेलाडी हुन् । उनलाई १४८१ रेटेड आशिर्वादले बराबरीमा रोकेपछि अभिकले अग्रता बढाउने अवसर पाएका हुन् । त्यसैले १९१८ रेटेड अभिक अनरेटेड लियोन महर्जनलाई पराजित गर्दै लगातार छैटौं जितसहित १८ अंक बनाउँदै उपाधि होडमा अगाडि बढेका हुन् । सेन्ट जेभियर्स कलेजका अभिकले शनिबार हुने सातौं चरणमा उजिभानी कँडेलविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । त्यस आधारमा छैटौं चरणको खेल सकिँदा अभिक शाह ६ जितसहित १८ अंक जोड्दै शीर्षस्थानमा रहेका छन् । सजल र आशिर्वाद समान चार जित, एक बराबरी र एक हारको नतिजासँगै १३ अंकमा छन् ।

अरिज राई, सात्विकमान तुलाधर, लियोन महर्जन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन् । विमश लोहनी, हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन् ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको खेलमा छैटौं दिन अभिकसँगै निहाना, अरिज, सात्विक, हार्दिक, प्रवीर, विमश, अनमोल राई, ओजस्वी श्रेष्ठ, रियांशु पौडेल, सूर्यप्रतापसिंह कार्की र अभियान राई पनि जित हात पारे । अभियानले पहिलो जित हासिल गर्ने क्रममा विराज सरियाको चुनौती पन्छाए । नायुमा मगर र ईश्वर लामाले बराबरी खेल्दै अंक बाँडे ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ ।

हिमालयन च्यालेन्जर्स यू-१८ चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय