+
+
Shares

रघुजी फिल्म्सले ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रघुजी फिल्म्सले दुई फरक कथामा फिल्म 'कालकट्टी' र 'काकाको बिहे' निर्माण गर्ने घोषणा गरेको छ।
  • लेखक निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाले २०८३ सालमा फिल्म प्रदर्शन गर्ने योजना बनाएका छन्।
  • 'कालकट्टी' को छायांकन माघ अन्त्यदेखि सुरु हुने र छायांकन सकिएपछि 'काकाको बिहे' को छायांकन हुने जनाइएको छ।

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक कथामा फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएका छन् ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाले फिल्म बनाउन लागेका हुन् । २०८३ सालमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा उनीहरूको छ ।

यसबारे जानकारी दिन उनीहरूले थिम पोस्टर ल्याएका छन् । घोषित दुईमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ । यसको छायांकन माघ अन्त्यदेखि सुरु हुनेछ ।

निसाल पौडेलको छायांकन हुने फिल्ममा भीम विष्टको संगीतकार हुनेछ । चलचित्रलाई आरआर फिल्म्सले देशब्यापी वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

‘कालकट्टी’ को छायांकन सकिएपछि ‘काकाको बिहे’ को छायांकन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?