News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।
- शंकर थारुले ५३औं मिनेटमा निर्णायक गोल गरेपछि प्लानिङ ब्वाइजले ३ अंक जोडेको हो ।
- आइतबार राष्ट्रिय लिगमा तीन खेल हुनेछ ।
३ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ए डिभिजनमा बढुवा भएको नयाँ क्लब प्लानिङ ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको हो ।
प्लानिङ ब्वाइजका लागि शंकर थारुले ५३औं मिनेटमा निर्णायक गोल गरे । पुलिसले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।
जितपछि प्लानिङ ब्वाइजले ३ अंक जोडेको छ । गोलकर्ता शंकर प्लेअर अफ दि म्याच घोषित भए ।
राष्ट्रिय लिग अन्तर्गत शनिबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चित्लाङ एफसीले नव जनजागृति युवा क्लबलाई २-१ ले पराजित गरेको थियो भने दशरथ रंगशालमै दिउँसो भएको खेलमा त्रिभ्वन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ५-० ले पराजित गरेको थियो ।
राष्ट्रिय लिग अन्तर्गत आइतबार पनि तीन खेल हुनेछ । जस अन्तर्गत पहिलो खेल संकटा क्लब र कांक्रेविहार युवा क्लबबीच बिहान ११ बजे च्यासल रंगशालमा सुरु हुनेछ ।
यस्तै दोस्रो खेल फ्रेण्ड्स क्लब र एपीएफ एफसीबीच दिउँसो ३ बजे च्यासल रंगशालामै हुनेछ । यसैगरी दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4