+

केएमसी बास्केटबलको उपाधि गोल्डेनपिक र रिब्सलाई

२०८२ माघ  ३ गते २१:१५ २०८२ माघ ३ गते २१:१५
केएमसी बास्केटबलको उपाधि गोल्डेनपिक र रिब्सलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिकले सिनियर ब्वाइज र रिब्सले सिनियर गर्ल्सको उपाधि जितेको छ।
  • इबीएले जुनियर ब्वाइजतर्फ पहिलो सहभागितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो।
  • विजेतालाई बागमती प्रदेशकी खेलकुद मन्त्री उर्मिला नेपाल र अन्य पदाधिकारीहरूले पुरस्कृत गरेका छन्।

३ माघ, काठमाडौं । पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको उपाधि गोल्डेनपिक तथा सिनियर गर्ल्सको उपाधि डिफेन्डिङ च्याम्पियन रिब्सले जितेकोछ । इबीए जुनियर ब्वाइजतर्फ च्याम्पियन बन्यो ।

गोल्डेनपिक र इबीए अपराजित रहँदै च्याम्पियन बने भने रिब्स समूह चरणमा १ खेलमा पराजित भएको थियो । गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलोपटक सहभागिता जनाएको हो । इबीए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो ।

बुद्धनगरस्थित आयोजक केएमसीमा शनिबार भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को अन्तरले पराजित गर्‍यो । गोल्डेनपिकका विजय तामाङले २१ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा रिब्सले चेल्सी वर्ल्ड स्कुललाई २५–२१ ले पाखा लगाउदै उपाधि रक्षा गर्‍यो । रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन् । उपाधिसँगै रिब्सले चेल्सीसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लियो ।

जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो । इबीएका दिग्विजय पुरीले ११ स्कोर गरे ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गर्ल्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे ।

विजेतालाई बागमती प्रदेशीकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस २७ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर/जुनियर ब्वाइजमा समान १२–१२ तथा गर्ल्समा ८ टिम सहभागी थिए ।

केएमसी बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय