+
+
WC Series
Nepal Women
122/10 (20)
VS
२८ बलमा १० रन आवश्यक
Thailand Women
113/1 (15.2)
Shares

कांग्रेस धादिङका सभापति अधिकारी विशेषबाट निर्वाचित नेतृत्वतिर खुले

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:०५

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारी विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वप्रति खुलेका छन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक राष्ट्रिय शक्ति भएका उल्लेख गर्दै अधिकारीले जनभावनाबमोजिम विधिसम्मत र समयानुकूल रूपान्तरण हुनु देश र जनताको हितमा समर्पित गर्नु रहेको बताएका छन् ।

विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै अधिकारीले परिपक्व परिणाम निकाल्ने अपेक्षा गरे ।

अधिकारीले जिल्लाका नेता कार्यकर्तालाई फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित हुन अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?