+
+
WC Series
Nepal Women
122/10 (20)
VS
७२ बलमा ६८ रन आवश्यक
Thailand Women
55/0 (7.6)
Shares

रास्वपाका सुदूरपश्चिम सभापतिले भनेः कैलाली–१ उम्मेदवारको आकांक्षी कायमै छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम सभापति प्रकाश विष्टले प्रतिनिधिसभाको उम्मेदवारका लागि कैलाली–१ मा आकांक्षी रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्टले कैलाली–१ मा प्रतिनिधिसभा उम्मेदवार बन्न आकांक्षी रहेको बताएका छन्।
  • रास्वपाले उम्मेदवार चयनमा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकता दिने मापदण्ड बनाएको छ।
  • सुदूरपश्चिमका सभापति विष्टले आफू उम्मेदवार बन्न इच्छुक रहेको सामाजिक सञ्जालमा लेखेका छन्।

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम सभापति प्रकाश विष्टले प्रतिनिधिसभाको उम्मेदवारका लागि कैलाली–१ मा आकांक्षी रहेको बताएका छन् ।

रास्वपाले उम्मेदवार बनाउँदा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको थियो । रास्वपाका शीर्ष तहका एक नेताले अनलाइनखबरलाई जानकारी गराउँदै सुदूरपश्चिमका सभापति विष्ट उम्मेदवारका लागि अनिच्छुक रहेको जानकारी गराएका थिए ।

उक्त समाचारपछि सुदूरपश्चिमका सभापति विष्टले आफू उम्मेदवारको आकांक्षीमा कायमै रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?