News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्च अदालत पुगेको छ र शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको आधिकारिकता खारेज गर्न माग गरेका छन्।
- निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमितिलाई आधिकारिकता प्रदान गरिसकेको छ र थापा समूहले विशेष महाधिवेशनबाट कार्यसमिति बनाएको छ।
- शेखर कोइराला समूहका नेताहरू अदालतमा सहभागी नभई छुट्टै भेला बोलाएका छन् र नेता सञ्जय गौतमले अदालत जान समर्थन नदिएको बताएका छन्।
४ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति भइसकेको छ ।
निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा समूह आज अदालत पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कानुन व्यवसायीसहित देउवा समूह सर्वोच्च पुगेको हो ।
सर्वोच्चमा विशेष महाधिवशेनको पक्षमा नखुलेको नेता शेखर कोइराला समूहका नेताहरू भने गएका छैनन् ।
कोइरालाले आफू पक्षीय नेताहरूको छुट्टै भेला बोलाएका छन् । भेला दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुँदैछ । ‘हामी गएका छैनौँ । अदालत जाने विषयमा मेरो व्यक्तिगत रुपमा पनि समर्थन थिएन,’ नेता सञ्जय गौतमले भने, ‘शेखर कोइरालाले १ बजेका लागि पछिल्लो समयको राजनीतिक विषयमा छलफल गर्न बोलाउनु भएको छ ।’
उता सर्वोच्च अदालतमा भने नेताहरू खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउदलगायत पुगेका छन् । उनीहरूले निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4