+

राष्ट्रिय लिग फुटबल : संकटाले काँक्रेविहारलाई हरायो

२०८२ माघ  ४ गते १३:३७ २०८२ माघ ४ गते १३:३७
राष्ट्रिय लिग फुटबल : संकटाले काँक्रेविहारलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत संकटा क्लबले काँक्रेविहार युथ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको छ।
  • संकटाका अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले एक-एक गोल गरे।
  • आज दिउँसो च्यासल स्टेडियममा फ्रेन्ड्स क्लब र एपीएफ तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।

४ माघ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा संकटा क्लबले काँक्रेविहार युथ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको छ ।

संकटाको जितमा अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोले एक-एक गोल गरे । संकटाले दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।

१४औं मिनेटमा अनिषले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा कृष्ण आलेले गोल गर्दै अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा विशाल तथा ७४औं मिनेटमा गिल्बर्टले गोल गरेपछि संकटा ४-० को सहज जित निकाल्न सफल भयो ।

लिगअन्तर्गत आजै दिउँसो ३ बजे च्यासल स्टेडियममा फ्रेन्ड्स क्लब र एपीएफ तथा एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

काँक्रेविहार युथ क्लब राष्ट्रिय लिग फुटबल संकटा क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय