+
+
Shares

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १४:२६

४ माघ, काठमाडौं । प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वाचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ ।

दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।

विभिन्न दलबाट मिति सार्ने दबाब आएको आयोगका एक आयुक्तले जानकारी दिए । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे ती आयुक्तले आइतबार अनलाइनखबरसँग भने, ‘चौतर्फी दबाब आएको छ, सर्वदलीय सहमति भयो भने एक/दुई दिन मिति सर्न सक्छ ।’

२१ फागुनको चुनावको मिति प्रभावित नहुनेगरी मनोनयनको मिति सार्न लागिएको हो । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?