+
+
Shares

राजीनामा बुझाएर घण्टीघर पुगे बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १५:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिइरास्वपा केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्।
  • रास्वपा केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेको छ।
  • बालेन र पार्टी सभापति रवि लामिछाने आज जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने बताएका छन् ।

उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।

बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् ।

जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न बालेन, पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आज जनकपुर जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?