+

समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु

२०८२ माघ  ४ गते १७:३४ २०८२ माघ ४ गते १७:३४
समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेत्रहीन क्रिकेट संघ नेपालले अपाङ्गता भएका बालबालिकाको खेलकुद पहुँच विस्तारका लागि समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु गरेको छ।
  • संघले सन् २०२६ भित्र सातै प्रदेशका १७ स्थानमा यस्ता संरचना निर्माण गर्ने लक्ष्य लिएको छ र अभियानको सुरुवात पर्वतको शिवालय माध्यमिक विद्यालयबाट गरिएको छ।
  • संघले खेलकुद पहुँच वृद्धि, खेल सिप विकास, पुनर्स्थापना र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल थालेको र यसले नकारात्मक धारणा तथा भेदभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको छ।

४ माघ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले अपाङ्गता भएका बालबालिकाको खेलकुद पहुँच विस्तार गर्ने उद्देश्यसहित समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु गरेको छ । विभिन्न साझेदार संस्थासँगको सहकार्यमा सन् २०२६ भित्र देशका सातै प्रदेशका १७ स्थानमा यस्ता संरचना निर्माण गर्ने लक्ष्य लिइएको संघले जनाएको छ ।

अभियानको औपचारिक सुरुवात गण्डकी प्रदेशको पर्वत जिल्लास्थित शिवालय माध्यमिक विद्यालयबाट गरिएको हो । ‘दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकासहित अन्य अपांगता भएका बालबालिकाहरूको खेलकुदमा सहभागिता हाल निकै न्यून छ । स्रोत–साधन, दक्ष प्रशिक्षक र अवसरको अभावका कारण खेलकुदमा रुचि हुँदाहुँदै पनि उनीहरू वञ्चित हुँदै आएका छन्’ संघले भनेको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै संघले खेलकुद पहुँच वृद्धि, खेल सिप विकास, पुनर्स्थापना तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल थालेको हो । यस्ता पिच तथा कोर्ट निर्माण भएपछि अपाङ्गता भएका बालबालिकाको खेलकुद सहभागिता बढ्ने र समाजमा रहेका नकारात्मक धारणा तथा भेदभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

संघले खेलकुदलाई समावेशी समाज निर्माणको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण गरिने विद्यालयहरूमा पर्वतको शिवालय उमाविसहित धरानको श्री पुर्वान्चल ज्ञानचक्षु माध्यमिक विद्यालय, चितवनको नारायणी मावि, काठमाडौंको पृथ्वी नारायण मावि, कास्कीको अमरसिंह मावि, पर्साको जुद्ध उमावि, बर्दियाको मंगल प्रसाद उमावि, सुर्खेतको शिखर मावि, रुपन्देहीको शान्ति नमुना उमावि, बाँकेको राष्ट्रिय उमावि, कैलालीको पंचदय उमावि, कञ्‍चनपुरको भुवनेश्वरी उमावि, काठमाडौंको ल्याब्रोटरी मावि, काभ्रेको संजीवनी उमावि, भक्तपुरको आदर्श उमावि, चितवनको झुवानी मावि, वीरेन्द्रनगरको कृष्ण संस्कृत तथा साधरण मावि छन् ।

बहुउद्देश्यीय खेल कोर्ट समावेशी क्रिकेट पिच

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय