News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा जारी नवौं एसपीए लिटल फ्लावर प्राइड लिगको फाइनलमा सुदूरपश्चिम ब्वाइज होस्टेल र राजपुर स्पोटर्स क्लब भिड्ने भएका छन्।
- राजपुर स्पोटर्स क्लबले पहिलो सेमिफाइनलमा खप्तड इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई ८ विकेटले पराजित गरेको छ।
- सुदूरपश्चिम ब्वाइज होस्टेलले दोस्रो सेमिफाइनलमा युथ अफ टिकापुरलाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
४ माघ, काठमाडौं । धनगढीमा जारी नवौं एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधिका लागि सुदूरपश्चिम ब्वाइज होस्टेल र राजपुर स्पोटर्स क्लब भिड्ने भएका छन ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनमा खप्तड इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई ८ विकेटले पराजित गर्दै राजपुर उपाधिनजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा युथ अफ टिकापुरलाई ४१ रनले पराजित गर्दै सुदूरपश्चिम ब्वाइज होस्टेल फाइनलमा प्रवेश गरेको हो।
पहिलो सेमिफाइनलमा खप्तडले दिएको ११९ रनको लक्ष्य पछ्याएको राजपुरले १४.३ ओभरमा दुई विकेट गुमाउँदै १२२ रन बनाएर सहजै लक्ष्य पार गर्यो । राजपुरको जितमा अभिषेक पालले सर्वाधिक ४१ रन बनाए। ३३ बल खेलेका उनले ६ चौका प्रहार गरे। नारायण जोशी १४ रनमा आउट हुँदा नरेन भट्ट ३४ र टेक रावल २८ रनमा अविजित रहे । खप्तडका आर्यन विष्टले १ विकेट लिए ।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको खप्तडले १९.२ ओभरमा सबै विके६ गुमाउँदै ११८ रन बनाएको थियो।
खप्तडका आयुष चन्दले सर्वाधिक ४६ रन बनाए पनि जितलाई सहयोग पुगेन। ३३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर इशान दौल्यालले ३६ रन बनाउन अन्यको ब्याट चल्न सकेन।
राजपुरका अशोक धामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। सचिन भट्ट र नारायण जोशीको नाममा समान २ विकेट रह्यो। खेलको म्यान अफ दी म्याच नरेन भट्ट चुनिए ।
आजै सम्पन्न दोस्रो सेमिफाइनलमा युथ अफ टिकापुरलाई ४१ रनले पराजित गर्दै अपराजित रहेर सुदूरपश्चिम ब्वाइज होस्टेल फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ब्वाइज होस्टेलले दिएको ११२ रनको झिनो लक्ष्य पछ्याएको युथ अफ टिकापुर १५.५ ओभरमा ७० रन बनाएर अलआउट भयो । उसका लागि सुदिप साउँदले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले सम्झनलायक प्रर्दशन गर्न सकेनन ।
सुदूरपश्चिम ब्वाइज होस्टेलका निरज ऐर एक्लैले ४ विकेट लिए । २.५ ओभर बलिङ गरेका ऐरले ११ रन खर्चिदै ४ विकेट चट्काएका हुन । उनी म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै दिपक रोकायाले ३ तथा हिक्मत महरा,नरेन साउँद र सौर्य श्रेष्ठले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ब्वाइज होस्टेलले १९ंं.१ ओभरमा अलआउट हुँदै १११ रन बनाएको थियो । उस्का लागि कृष ऐरले सर्वाधिक ३३ रन बनाउँदा अन्य ब्याटरहरुले सम्झनलायक प्रर्दशन गर्न सकेनन ।
युथ अफ टिकापुरका लागि आदेश परियारले सर्वाधिक ३ तथा किरन कुमार ठगुन्नाले २ विकेट लिए । पारु,सोलुप,नितेश र सागरले समान एक एक विकेट लिए ।
फाइनल खेल सोमबार मध्यान्ह १२ः३० बजेबाट सुरु हुने र फाइनलको सम्पूर्ण तयारी पूरा भइसकेको लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टसका अध्यक्ष रामचन्द्र शाहीले जानकारी लिए ।
प्रतिक्रिया 4