News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डले भारतसँगको तीन ओडिआई शृंखला २-१ ले जितेको छ।
- तेस्रो ओडिआईमा न्युजिल्यान्डले ३३८ रनको लक्ष्य ४१ रनले रोक्यो।
- विराट कोहलीले १२४ रन बनाए पनि भारत २९६ रनमा अलआउट भयो।
४ माघ, काठमाडौं । न्युजिल्यान्डले भारतसँगको ओडिआई शृंखला जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम ओडिआई ४१ रनले जित्दै न्युजिल्यान्डले शृंखला २-१ ले जितेको हो ।
न्युजिल्यान्डले दिएको ३३८ रनको बलियो लक्ष्य पछ्याएको भारत ४६ ओभरमा २९६ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले शानदार शतक तथा नितिश कुमार रेड्डी र हर्षित रानाले अर्धशतक प्रहार गरेपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
कोहलीले ओडिआई करियरको ५४औं शतक प्रहार गर्दै १०८ बलमा १२४ रन बनाएका थिए । उनले हर्षित रानासँग मिलेर आठौं विकेटका लागि ९९ रनको साझेदारी गर्दा भारत खेलमा जीवितै देखिएको थियो । हर्षित ४३ बलमा ५२ रन बनाएर ४४औं ओभरमा आउट भएपछि कोहली ४६औं ओभरमा आउट भए । त्यसअघि नितिशले पनि ५३ रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि जकारी फोल्क्स र क्रिस्टन क्लार्कले ३-३ तथा जेडन लेनक्सले २ अनि काइल जेमिसनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डारिल मिचेलले १३७ तथा ग्लेन फिलिप्सले १०६ रन बनाए । विल योङले ३० तथा कप्तान माइकल ब्रेसवेलले २८ रन बनाए ।
भारतका लागि अर्शदीप सिंह र हर्षित रानाले ३-३ विकेट लिए भने मोहम्मद सिराज र कूलदीप यादवले १-१ विकेट लिए ।
यसअघि पहिलो ओडिआईमा भारत अनि दोस्रो ओडिआईमा न्युजिल्यान्ड विजयी भएको थियो ।
प्रतिक्रिया 4