+

हिमालयन च्यालेन्जर्स : अन्तिम चरणको खेलअघि नै अभिकलाई उपाधि पक्का

२०८२ माघ  ५ गते ८:११ २०८२ माघ ५ गते ८:११
हिमालयन च्यालेन्जर्स : अन्तिम चरणको खेलअघि नै अभिकलाई उपाधि पक्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन्।
  • अभिकले लगातार आठ खेल जितेर २४ अंकसहित शीर्ष स्थानमा रहेका छन् र अन्तिम चरणमा हार्दिक पन्तसँग प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगितामा २८ स्कुल र कलेजका ३० खेलाडी सहभागी छन् र माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

५ माघ, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन् ।

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा शीर्ष वरीयताका अभिकले लगातार आठ खेल जितेर हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको उपाधि जित्ने पक्का गरेका हुन् । ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा १९१८ रेटेड उनी अन्तिम चरणको खेलअघि शतप्रतिशत जित हात पार्ने एक्लो खेलाडी पनि हुन् ।

अभिकले निहानालाई पराजित गर्नुअघि सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन र उजिभानी कँडेललाई पराजित गर्दै पूर्ण अंक बटुलेका थिए । उनले नवौं चरणमा हार्दिक पन्तविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दा शतप्रतिशत जितलाई कायम राख्ने प्रयास गर्नेछन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । त्यस आधारमा अभिकले आठ जितसँगै अधिकतम २४ अंक बनाएका छन् । हार्दिक पन्त पाँच जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंकसहित दोस्रोमा छन् । उनी आठौं चरणमा सजलको चुनौती पन्छाउँदै दोस्रो स्थानमा उक्लिएका हुन् ।

१६९७ रेटेड सजल र सात्विकमान तुलाधरले समान पाँच जित, एक बराबरी र दुई हारसँगै १६ अंक जोडेका छन् । अन्तिम चरणमा यी दुई आपसमा भिड्दैछन् । आठौं चरणमा सजलले हार्दिकविरुद्ध हार बेहोरे भने सात्विकले शुभांग प्रधानलाई पराजित गरे । निहाना, प्रवीर केसी, आशिर्वाद, लियोन र अजि राईले समान १५ अंक बनाएका छन् । विमश लोहनी १४ अंकसहित शीर्ष दसमा छन् ।

अरिज राई, सात्विकमान तुलाधर, लियोन महर्जन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन् । विमश लोहनी, हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन् । आठौं दिन आइतबार अभिक, हार्दिक र सात्विकसँगै अरिज, लियोन, विमश, रोहित श्रेष्ठ, ओजस्वी श्रेष्ठ, अग्रता आचार्य, अभियान राई, ईश्वर लामा, रेयांश खनाल र रियांशु पौडेलले पनि जित हासिल गरे । प्रवीरविरुद्ध आशिर्वाद र वियांका गौतमविरुद्ध सूर्यप्रतापको खेल बराबरीमा टुंगिए ।

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागL हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ । छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन च्यालेन्जर्स यू-१८ चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय