+
+
Shares

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

रासस रासस
२०८२ माघ ५ गते १२:५७

५ माघ, काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले थलिएका उप्रेतीलाई उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ले परिचित थिए ।

तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए ।

एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ ।

उनको आजै दोलालघाटमा दाहसंस्कार गरिने वडाध्यक्ष लामाले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?