+
+
Shares

बाँके-२ मा इस्तियाकलाई टिकट दिएपछि एमालेमा बढ्यो असन्तुष्टि

बाँके प्रतिनिधिसभा-२ मा नेकपा एमालेले अशोक राई नेतृत्वको जसपा परित्याग गरेर आएका मोहम्मद इश्तियाक राईलाई टिकट दिएपछि नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ माघ ५ गते १३:०८

५ माघ, बुटवल । बाँके प्रतिनिधिसभा-२ मा नेकपा एमालेले अशोक राई नेतृत्वको जसपा परित्याग गरेर आएका मोहम्मद इश्तियाक राईलाई टिकट दिएपछि नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले नेता कार्यकर्ताहरूले पार्टी केन्द्रले विधि प्रकृया विना उम्मेदवारी दर्ताको मुखमा एकाएक अर्को दलको नेतालाई भित्र्याएर टिकट दिएकाले पार्टीमा वर्षौं काम गरेका कार्यकर्ता दुखी भएको र नवप्रवेशीलाई उम्मेदवार स्वीकार गर्न नसक्ने बताएका हुन् ।

नेकपा एमालेबाट क्षेत्र नं २ मा उम्मेदवारमा एक नम्बरमा सिफारिस भएका कृष्ण श्रेष्ठले चुनावको मुखमा पार्टी प्रवेश गर्ने र टिकट दिने कुरा पार्टीको विधि प्रकृयाविपरीत भएकाले स्वीकार्य नहुनेब ताए ।

‘विधि प्रकृयाविपरीत पार्टी केन्द्रले गरेको निर्णयले क्षेत्रका हजारौं कार्यकर्ता दुखी भएका छन्,’– श्रेष्ठले भने,‘विगतमा यसरी पार्टी प्रवेश गरेर टिकट लिएकाहरु अहिले पार्टीमा छैनन्, इस्तियाक पनि चुनावका लागि मात्रै आउनुभएको हो, उहाँलाई एमाले कार्यकर्ताले भोट दिन्छन् भन्ने ग्यारेन्टी छैन ।’

पार्टी नेतृत्वको यस्तो रवैयाले वर्षौंसम्म पार्टीमा खटेर काम गरेका नेताहरुमा पार्टीमा केका लागि खट्ने भन्ने प्रश्न उब्जिएको श्रेष्ठको भनाइ छ ।

बाँके २ की एमाले नेतृ दीपा शर्माले पनि पार्टी केन्द्रले टिकट दिएर पठाएको उम्मेदवारलाई अस्वीकार गर्ने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत नेतृ शर्माले एमालेको इतिहासमा हामी कमजोर, काँतर र अयोग्य भएको कुनै कालो टीका लगाउन स्वीकार गर्न नसकिने बताएकी छन् ।

‘नेकपा एमाले नेपालगन्ज पार्टी कार्यलयमा रहेको विशाल पंक्ति अब्बल र योगदान गरेका नेता कार्यकर्ताहरुको हो,’ उनले लेखेकी छन्, ‘क्षेत्र नम्बर २ मा चुनावमा पार्टीको शीर उँचो बनाउन चुनावी मैदानमा प्रतिस्पर्धा गर्न एक से एक योग्य,सक्षम, साहासि र इतिहास बोकेका कमरेडहरु हुनुहुन्छ।’

नेतृ शर्माले बाँकेको संगठन एमाले पार्टीको लागि जीवनभरि रगत, पसिना बगायको स्वाभिमानी पङ्ति भएको जनाउँदै लेखेकी छन्, ‘बाँकेको एमाले पङ्ति बिक्ने होइन टिक्ने पङ्ति हो । चेतना भयो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले गए राति मध्यरातमा इस्तियाकसँगै पूर्वमन्त्रीहरू प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पार्टी प्रवेश गराएर टिकट वितरण गरेका थिए।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?