+

राइजिङ स्टार्स महिला एसिया कपको समूह र खेलतालिका सार्वजनिक

२०८२ माघ  ५ गते १३:४८ २०८२ माघ ५ गते १३:४८
राइजिङ स्टार्स महिला एसिया कपको समूह र खेलतालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डमा फेब्रुअरी १३ देखि सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ।
  • नेपाल समूह 'ए' मा भारत 'ए', पाकिस्तान 'ए' र यूएईसँग परेको छ र पहिलो खेलमा पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्नेछ।
  • दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् र नेपालले १५ फेब्रुअरीमा यूएई र १७ फेब्रुअरीमा भारत 'ए' सँग खेल्नेछ।

५ माघ, काठमाडौं । थाइल्यान्डमा हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार समूहसहित खेलतालिका सार्वजनिक गरेको हो ।

नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

नेपालले दोस्रो खेल १५ फेब्रुअरीमा यूएई अनि तेस्रो खेल १७ फेब्रुअरीमा भारत ‘ए’ सँग खेल्नेछ ।

दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

राइजिङ स्टार्स महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय