+

बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

२०८२ माघ  ५ गते १४:३८ २०८२ माघ ५ गते १४:३८
बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन ६ देखि १० गतेसम्म आयोजना हुनेछ।
  • प्रतियोगिताको सबै खेलहरू महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ।
  • विजेताले एक लाख ५० हजार ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।

५ माघ, काठमाडौं । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ ।

प्रतियोगिताको सबै खेलहरु महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५५ रुपैयाँ पाउनेछ ।

यस्तै, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् । चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लाल बहादुर स्याङ्तानले जानकारी दिए ।

क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानले प्रतियोगितामा सहभागिता जनाउने ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताए । प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । अध्यक्ष स्याङ्तानले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आए पनि यसपटक भलिबल हुन लागेको जानकारी गराए ।

महांकाल गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर केसी र खेलकुद विकास समितिका अध्यक्ष राजवीर थोकर छन् । अध्यक्ष स्याङ्तानले सरोकारवाला पक्षको सहयोगले प्रतियोगिता आयोजना गर्न हौसिएको जानकारी गराए ।

प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० जना खेलाडी रहने छन् । जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका २ खेलाडी समावेश गर्न पाउनेछन् ।

महांकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट १६ देखि १८ माघ सम्म हुनेछ ।

महांकाल भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय