+
+
Shares

बालेनले झापा-५ को टिकट जनकपुरमा लिए

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको टिकट लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १६:४४

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।

झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । त्यहाँ उनले वरिष्ठ नेताको पदभारग्रहण गरे । त्यसपछि उनी जनकपुर गएका थिए । हवाइमार्गबाट जनकपुर पुगेका उनले त्यहाँ आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका छन् ।

बालेन झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?