+
+
Shares

आधारभूमि र सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ : प्रचण्ड

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ माघ ५ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुमपूर्वबाट उम्मेदवार मनोनयन दर्ता गराउन आएका छन्।
  • प्रचण्डले जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएको र विपक्षी दलहरूले विकासका लागि अनुरोध गरेको बताए।
  • प्रचण्डले २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गर्दै रुकुमपूर्वको समग्र विकास निर्माणमा गति दिने दाबी गरेका छन्।

५ माघ, रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ । म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,’ उनले भने ।

रुकुम ओर्लिएलगत्तै प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गरे । उनले शान्ति प्रक्रियाको महत्वपूर्ण निर्णय भएको सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरे ।

​रुकुमपूर्व आएलगत्तै प्रचण्ड चुनावी तयारीमा जुटेका छन् । उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक छलफल र परामर्श तीव्र पारेका छन् ।

३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वमा २०७९ मा माओवादीकै उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला माओवादी कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डले नेकपा माओवादीको राजनीतिक आधारभूमि मानिने रुकुम पूर्व रोजेका हुन् ।

२०६४ र २०७० को संविधानसभासहित प्रत्येक आम निर्वाचनमा उम्मेदवार बन्दै आएका प्रचण्डले निर्वाचन क्षेत्र भने फरक फरक रोज्ने गरेका छन् ।

यसअघि २०७९ मा भएको आम निर्वाचनमो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक रुकुमपूर्व आएका हुन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?