+
+
Shares

८ वर्षपछि बैतडीमा कांग्रेस प्रत्यक्ष चुनावी मैदानमा, क्यान अध्यक्ष चन्दले पाए टिकट

कृष्ण विष्ट कृष्ण विष्ट
२०८२ माघ ६ गते ८:१८

६ माघ, बैतडी । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जाने भएको छ ।

२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।

२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।

हिजो बसेको कांग्रेस संसदीय बोर्डको बैठकले चन्दलाई बैतडीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैतडीमा नेकपा एमालेका दामोदर भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्ट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?