+
+
Shares

शेखर कोइराला मोरङ-६ र गुरु घिमिरे मोरङ-४ मा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १०:२६

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।

कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।

कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागोले टिकट पाएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा दोहोरिँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेले टिकट पाएका छन् ।

मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । यस्तै डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?