News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको भन्दा २ हजार ७ सय रुपैयाँले बढी हो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ नयाँ रेकर्ड कायम गरेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ।
६ माघ, काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4