News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिल्म 'भाइरल गोर्खे' प्रवर्द्धनको लागि पोखरा, चितवन, बुटवल लगायतका सहरमा मोफसल टूरमा निस्किएका छन्।
- निर्माता महेश लामिछानेले मोफसलमा दर्शकबाट उत्कृष्ट प्रतिक्रियाले फिल्मको व्यवसायलाई फाइदा पुग्ने आशा व्यक्त गर्नुभएको छ।
- फिल्मले नयाँ गीत 'डाँडा काँडा बन चाहारी' सार्वजनिक गरेको छ जसमा टिकटकमा भाइरल पात्रको गुमनाम अवस्थालाई चित्रण गरिएको छ।
काठमाडौं । आफू अभिनित फिल्म ‘भाइरल गोर्खे’ प्रवर्द्धनको लागि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ मोफसल टूरमा निस्किएका छन् । त्यहाँ उनीहरूले फिल्मको प्रचारप्रसार गर्नेछन् ।
आइतबार पोखरादेखि सुरु भएको टूर त्यसपछि चितवनमा पुगेको छ । त्यसपछि क्रमशः बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, दमक र विर्तामोड पुगेर दर्शकलाई भेट्ने तयारी छ ।
‘हामीले पोखरा र चितवनमा पुगेर दर्शक भेट्यौं । अन्य सहरमा पनि पुग्ने कार्यक्रम छ । दर्शकको प्रतिक्रियाले हामीलाई उत्साहित तुल्याएको छ’ सौगातले अनलाइनखबरसँग भने ।
निर्माता महेश लामिछाने पनि कलाकारसँगै प्रवर्धन यात्रामा निस्किएका छन् । मोफसलमा दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले फिल्मको व्यवसायलाई फाइदा पुग्ने आशा उनको छ ।
यसैबीच फिल्मले नयाँ गीत समेत सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक ‘डाँडा काँडा बन चाहारी’ बोलको गीतमा रोहित शाक्यको संगीत तथा जसोन कुँवरको शब्द रचना, त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर छ ।
सार्वजनिक गीतमा टिकटकमा भाइरल पात्र अचानक गुमनाम भएपछिको अवस्थालाई चित्रण गरिएको छ । जसले फिल्मप्रति दर्शकीय कौतुहलता जगाउने देखिन्छ ।
सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्रले गर्ने संघर्षको कथावस्तुमा बनेको फिल्मले भाइरल प्रवृत्तिलाई प्रश्न र ब्यंग्य गर्छ । फिल्ममा सौगात र सृष्टि लामो समयपछि पुनः एकसाथ देखिएका छन् ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्म निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्वाण फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह–निर्माता निर्वाण फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
प्रतिक्रिया 4