५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्रममा सापकोटाले नयाँ र पुराना भन्दा पनि विचार महत्त्वपूर्ण हुने भएकाले आफु समृद्धिसहितको विचारका साथ चूनावमा होमिएको जिकिर गरे ।
आफूले भक्तपुरको जनताका लागि लामो समय राजनीति गरेको भन्दै जनताले विश्वास गर्ने उनको भनाइ छ ।
उनले जनतालाई आवश्यक परेका बेला सधै जनताको साथमा उभिने उल्लेख गरे । सापकोटा पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार बनेका छन् । बस्ने एमालेका सचिव हुन् । उनले ०७४ मा निर्वाचन जितेका थिए भने ०७९ मा पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4