News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं कालिमाटी क्षेत्रमा मकवानपुरका ३० वर्षीय सुरज नगरकोटीलाई लागु औषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
- उनको डेरा कोठाबाट ०.३७ ग्राम खैरो हेरोइन, ९ क्याप्सुल ट्रामाडोल र १२ लाख ८१ हजार रुपैयाँ नगद बरामद भएको छ।
- प्रहरीले उनको मोबाइल जाँच गर्दा लागु औषध किनबेच गर्ने कुराकानी भेटिएको बताएको छ।
६ माघ, काठमाडौं । लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका एक व्यक्तिको डेराबाट प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं कालिमाटी क्षेत्रमा डेरा गरी बस्ने मकवानपुरका ३० वर्षीय सुरज नगरकोटीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको थियो । लागु औषध कारोबारको आरोपमा समातिएका प्रहरीले उनको डेरा कोठा खानतलासी गरेको थियो ।
सो क्रममा ०.३७ ग्राम खैरो हेरोइन, ९ क्याप्सुल ट्रामाडोल र १२ लाख ८१ हजार नगद बरामद भएको छ । उनको मोबाइल जाँच गर्दा लागु औषध किनबेच गर्ने सम्बन्धी कुराकानी समेत भेटिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4