News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन्।
- झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले केही युवाले धकेलाधकेल गरेको तर ठूलो झडप नभएको बताए।
- ओलीले अहिले देशमा आगो लगाउन लागिरहेका छन् र देश बचाउन अनुभवि नेतृत्व चाहिने बताएका छन्।
६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महँगो पर्न जाने बताएका छन् ।
झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको बताए ।
‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महँगो हुन जान्छ, त्यो कसैले पनि नगर्दा हुन्छ,’ ओलीले उक्त घटनाप्रति संकेत गर्दै भनेका छन् ।
रास्वपा अहिलेको सरकार संरक्षित दल भएको बताएका हुन् ।
‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन्, नयाँ पिढिमा भ्रम छ, देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4